विचार/ब्लग

काण्डै–काण्डको ओली सरकार सभामुख महराको बलात्कार काण्ड सम्म आईपुग्दा…

शोभा रावत । नेपाल सरकारले डेढ अर्बको लागतमा राष्ट्रपती र प्रधानमन्त्रीको लागि हेलिकप्टर खरिद गरेको छ । नेपाल नागरिक उड्ययन प्राधीकरणको व्यवस्थापन खर्च हुने र नेपाली शेनाको नियन्त्रणमा रहनेगरी उक्त हेलिकप्टर खरिद गरिएको हो ।

मुलुकमा ०६२–६३ को जनआन्दोलन पछि राजा फालियो राजतन्त्रको अन्त्य भई लोकलन्त्र आयो तर जनताको शासन मुलुकका कहिलै आएन । लोकतन्त्रमा जनताको शासन सञ्चालन हुनुपर्नेमा मुलुककै शासकको साशन व्यवस्था सञ्चालनमा छ । ओली नेतृत्वको कम्युनिष्ट सरकार आएदेखी त झनै जनतालाई सहुलियत भन्दा पनि हरेक कुरामा चपेटा थपिरहेको छ ।

ओली नेतृत्वको दुई तिहाईको सरकार राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री, सांसदलाई सेवा सुविधाका प्रदान गर्नका लागि निकै उदार देखिएको छ । विशिष्ट व्यक्तिको सेवा सुविधामा कुनै कमि हुन नदिएको सरकारले सामान्य नेपाली जनतालाई भने आधारभुत आवस्यकता सम्बन्धि सुविधा दिन नसकेको आरोप सर्वसाधार वृतमा चर्चा चल्ने गरेको छ, जुन सत्य सावित भएको छ ।

हुन त काण्डै–काण्डको ओली सरकारका यस्ता अलोकप्रीय कदम कुनै नौला र अनौठा पनि होईनन् । विभिन्न विशिष्ठ व्यक्तिका लागि सरकारले राज श्री शैलिमा सेवा सुविधा प्रदान गरिरहेको नै थियो । सरकारमा रहेका विशिष्ट व्यक्तिहरुको चरित्र कुनै एउटा तानासाही राजा भन्दा कम नभएको देख्न थालिसकिएको छ । प्रधानमन्त्री, राष्ट्रपती, सभामुखदेखि लिएर अधिकांश उच्चपदस्थ व्यक्तिको जिवनशैलि जनतासंग टाढा भएको स्पष्ट देखिन्छ ।

मुलुकबाट एउटा राजा फालेर गणतन्त्र स्थापना भएपनि राजश्री शैलिका स्थानिय तहका मेयर–उपमेयरहरु प्रदेश का मन्त्री–मुख्य मन्त्रीहरु, संघीय सरकारका मन्त्रीहरु– प्रधानमन्त्री लगायतमा तानासाही सामन्ती सोचको विकाश भईकेको छ । उनिहरु नातावाद, कृपावाद, चाकडीवाद, धनवाद, डनवाद, लगायतमा लिप्त भएर मुलुक र जनताको सेवामा ईमान्दारी पुर्वक लाग्न छाडी पद प्रतिष्ठा र पैसा कमाउन तिर लिप्त भएको पछिल्ला राजनीतिक घटनाहरुबाट प्रष्ट भएको छ ।

वर्तमान ओली सरकार वाईडवडी, ३३ किलो सुन काण्ड, नेपाल टेलीकम फोरजी काण्ड, एनसेल करछली काण्ड, निर्मला बलात्कार तथा हत्या काण्ड, बालुवाटार जग्गा काण्ड, गुठी विधेयक काण्ड, प्रेस नियन्त्रण काण्ड, रबिन्द्र अधिकारी नेपागञ्ज काण्ड, ज्ञानेन्द्र साही आक्रमण काण्ड, कांग्रेस नेता डा मिनेन्द्र रिजाल तनहुँकाण्ड, हुँदै नेकपाका उच्च स्तरका नेता समेत रहेका सभामुख कृष्ण बहादुर महरा बलात्कार काण्ड सम्म आईपुगेको छ ।

सरकारले प्रधानमन्त्री, राष्ट्रपती, नेता–गणका लागि विदेश भ्रमण, औषधि उपचार, गाडी मर्मत तेल लगायतमा मात्रै अरबौं रकम खर्च गरेको छ । जनताको सेवाका लागि उच्चपदमा बसेका व्यत्तिहरु नै आज जनताको खुन पसिना बाट आएको करको दुरुपयोग गर्दै ऐसआरामको जिवन विताईरहेका छन् ।

वर्तमान ओली सरकार वाईडवडी, ३३ किलो सुन काण्ड, नेपाल टेलीकम फोरजी काण्ड, एनसेल करछली काण्ड, निर्मला बलात्कार तथा हत्या काण्ड, बालुवाटार जग्गा काण्ड, गुठी विधेयक काण्ड, प्रेस नियन्त्रण काण्ड, रबिन्द्र अधिकारी नेपागञ्ज काण्ड, ज्ञानेन्द्र साही आक्रमण काण्ड, कांग्रेस नेता डा मिनेन्द्र रिजाल तनहुँकाण्ड, हुँदै नेकपाका उच्च स्तरका नेता समेत रहेका सभामुख कृष्ण बहादुर महरा बलात्कार काण्ड सम्म आईपुगेको छ ।

नेकपा नेतृत्वको दुईतिहाई सरकारको केहिआस पलाएका जनता यहि पाराले सरकार अघि वढिरहेमा गरिब दुःखी जनताले सुःख पाउने र मुलुकको समृद्धि हुन संभावना देखिदैन । जुनसुकै पार्टीको व्यक्ति सरकारमा गएपनि जनताकालागि कसैले पनि सोचेको देखिएन । आज मुलुकमा राजनीति गर्नु भनेको एउटा पैसा कमाउनलाई मात्रै होकि भन्ने प्रमाणीत वर्तमान सरकारका उच्चपदस्थ अधिकारी हरुले गरिसकेका छन् ।

सरकारी ढुकुटिबाट अरबौं खर्च गने कम्युनिष्ट सरकारले देश विकास त कुरै छोडौं, जहाँ सामान्य नागरिकले एउटा सामान्य सिटामोल नपाएर गरिब जनता छट्पटिँदा सरकारमा वसेकाहरुभने आफु र आफन्तहरु विरामी पर्दा जतिपनि खर्च गर्ने गरी खर्चगरी विदेश उपचारका लागि जाने गरेका छन् ।

विशिष्ट व्यक्तिको सवारी त झनै सडकमा हेर्न लायकको हुन्छ कि जस्तै कुनै राजा– माहाराजाको सवारी हुँदै छ । विशिष्ट व्यक्तिको सवारीको दिन सडक पुरै २– ३ घण्टा नै जाम गरेर सर्वसाधारणको असुविधाको कुनै वास्ता नगरिकनै वाटो जाम गरिन्छ ।

कर देखी लिएर महंगि, भ्रष्टचार, लुटपाट, बलात्कार वढ्दो मात्रामा छ यति मात्र होईन वलात्कार, अपराध जस्ता विभिन्न घटना खटिरहंदा जनता सरकारदखी जनता आजित भएका छन् । पार्टीका उच्च स्तरका नेता र सभामुख नै स्वयंम बलात्कारका घटनामा मुछिएपछि उक्त पार्टीका नेता कार्यकर्तालाई नेपाली जनताले कसरी विश्वास गर्ने गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

मुलुकमा ०६२–६३ को जनआन्दोलन पछि राजा फालियो राजतन्त्रको अन्त्य भई लोकलन्त्र आयो तर जनताको शासन मुलुकका कहिलै आएन । लोकतन्त्रमा जनताको शासन सञ्चालन हुनुपर्नेमा मुलुककै शासकको साशन व्यवस्था सञ्चालनमा छ । ओली नेतृत्वको कम्युनिष्ट सरकार आएदेखी त झनै जनतालाई सहुलियत भन्दा पनि हरेक कुरामा चपेटा थपिरहेको छ ।

कर देखी लिएर महंगि, भ्रष्टचार, लुटपाट, बलात्कार वढ्दो मात्रामा छ यति मात्र होईन वलात्कार, अपराध जस्ता विभिन्न घटना खटिरहंदा जनता सरकारदखी जनता आजित भएका छन् । पार्टीका उच्च स्तरका नेता र सभामुख नै स्वयंम बलात्कारका घटनामा मुछिएपछि उक्त पार्टीका नेता कार्यकर्तालाई नेपाली जनताले कसरी विश्वास गर्ने गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

सरकार भ्रष्टचार, अनियमितता, बलात्कारका घटनालाई नियन्त्रण गर्नको साटो झनै संरक्षणमा मात्रै नभई सहभागि पनि भएको छ । मुलुकमा यतिवेला दशै तिहार तथा छठपर्व लगायत चाडपर्व सुरु भईसकेका छन् जस्को मौका छोपेर व्यापारीहरुले मनपरी बजारमा सामानको भाउ निकै वढाएका छन् । एक मुठा सागको मुल्य मात्रै सय नाघेको छ प्याज, लसुन, काउलिको पनि महंगि उत्तिकै वढेको छ ।

मांसाहारी नेपालीहरुका लागि खसीको मासु प्रति केजि १३ सय, च्यांग्राको मासु २ हजार कटेको छ कुखुराको पनि प्रति केजि ५ सय कट्ने अनुमान छ । यस्तो अवस्थामा स्वच्छ समाज सेवा गर्ने भनेर स्थापना भएका राजनीतिक दलहरु र सर्वहारा वर्गको नेतृत्व गर्ने ओली सरकार निकृष्ट र पुर्ण रुपमा गैरजिम्मेवार भएको प्रमाणीत भएको छ ।

मुलुकका विकट स्थानका जनता स्वास्थ्य, शिक्षा, यातायात, बाटोघाटो, बिजुली लगायत विभिन्न सेवा सुविधाबाट कयौं नागरिक बञ्चित छन् । वर्षमा एक जोर लुगा लगाउन पाएमा खुसी मान्ने कर्णाली लगाएतका विकट क्षेत्रका जनताको आँशुले सक्तामा वस्ने र ठुला कुरा गर्ने नेताहरुलाई सराप दिन्छ चेतना भया ।

जनताका लागि सेवा गर्नलाई वसेका सरकारी कर्मचारी, नेताहरु, व्यापारीले भ्रष्टचार गरी, करछली, महंगि वृद्धि गरी राता–रात महल खडा गर्ने अनि चाडवाडमा खसी ढाल्ने अनि गरिब जनताकामा आँशु बग्ने परम्पराको विकाश हुँदै जाने हो भने मुलुकमा अनिष्ट हुँदैन भन्न सकिदैन ।

मुलुकमा वर्षनि आउने विभिन्न प्राकृति प्रकोप भुकम्प, वाढी–पहिरो, का कारण घरबार गुमाएका जनताका लागि व्यवस्थित वसोवासको व्यवस्थापन गर्न नसक्ने सरकारले अरबौंको हेलिकप्टर खरिद गर्न उपयुक्त नहुने देखिन्छ ।मुलुकका विकट स्थानका जनता स्वास्थ्य, शिक्षा, यातायात, बाटोघाटो, बिजुली लगायत विभिन्न सेवा सुविधाबाट कयौं नागरिक बञ्चित छन् । वर्षमा एक जोर लुगा लगाउन पाएमा खुसी मान्ने कर्णाली लगाएतका विकट क्षेत्रका जनताको आँशुले सक्तामा वस्ने र ठुला कुरा गर्ने नेताहरुलाई सराप दिन्छ चेतना भया ।

 

साना–साना बालबालिका विद्यालय जानलाई विभिन्न वैकल्पिक उपाय अपनाएर जोखीमले खोला तरिरहेका हुन्छन् । यति मात्रै होईन विकट ठाउँमा विद्यालय भवनको अभावमा त्रिपालमुनि विद्यार्थि पढ्न वाध्य छन् । कोसौटाढा गएर पढ्नु पर्ने त्यस्मा पनि न विद्यालय व्यवस्ति छ न त शिक्षकनै पुरै छन् तै पनि सरकारले यतातिर कुनै ध्यान नै दिएको छैन । ती बालबालिका जो भोलि देशका कर्णधार व्यक्ति हुन् तिनको वृद्धि विकासमा सरकारले कुनै चासो देखाएको छैन ।

कुनै स्थानमा वाटोघाटो को समस्या छ, त कुनै ठाउँमा पुल नहुँदा वैकल्पिक साधन अपनाएर जोखीमपुर्ण यात्रा गर्न नागरिक वाध्य छन् । ति जनताको लागि पुल निर्माणमा सरकार उदासीन छ तर माथिल्लो स्तरका व्यक्तिका लागि अरबौं खर्च गर्न तयार छ किन ? मुलुकका विभिन्न स्थानमा ठुला–ठुला नदिनालामा एउटा तुईनको सहाराले ज्यानको बाजि राखी उक्त खोला वार–पार गरिरहेको उदाहरण सयौं छन् प्रधानमन्त्री ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालाई तुईन मुक्त गर्ने घोषणा गरेका थिए त्यो क्षेपाराको कथा जस्तै भयो ।

साना–साना बालबालिका विद्यालय जानलाई विभिन्न वैकल्पिक उपाय अपनाएर जोखीमले खोला तरिरहेका हुन्छन् । यति मात्रै होईन विकट ठाउँमा विद्यालय भवनको अभावमा त्रिपालमुनि विद्यार्थि पढ्न वाध्य छन् । कोसौटाढा गएर पढ्नु पर्ने त्यस्मा पनि न विद्यालय व्यवस्ति छ न त शिक्षकनै पुरै छन् तै पनि सरकारले यतातिर कुनै ध्यान नै दिएको छैन । ती बालबालिका जो भोलि देशका कर्णधार व्यक्ति हुन् तिनको वृद्धि विकासमा सरकारले कुनै चासो देखाएको छैन ।

 

मांसाहारी नेपालीहरुका लागि खसीको मासु प्रति केजि १३ सय, च्यांग्राको मासु २ हजार कटेको छ कुखुराको पनि प्रति केजि ५ सय कट्ने अनुमान छ । यस्तो अवस्थामा स्वच्छ समाज सेवा गर्ने भनेर स्थापना भएका राजनीतिक दलहरु र सर्वहारा वर्गको नेतृत्व गर्ने ओली सरकार निकृष्ट र पुर्ण रुपमा गैरजिम्मेवार भएको प्रमाणीत भएको छ ।

नागरिकका यस्ता समास्या देखेरपनि पनि सरकार पनि नदेखेजस्तो गरिरहेको छ । नेपालमा पानि जहाज– रेलको सपना दखाउने सरकारले जनताका लागि आवश्यक परेको स्थानमा सामान्य एउटा पुल समेतको व्यवस्था गर्न सकेको छैन । जनताको भोटबाट निर्वाचित भएर गएका विशिष्ठहरुनै जनतालाई मारमा पारेर आफुले नै हरेक सेवा सुविधाको भरपुर आनन्द लिरहेका छन् ।

निर्मला पन्तको बलात्कार हत्या काण्ड देखी सभामुखको बलात्कार काण्डसम्म आउँदा ओली सरकारमा काण्ड थपिएको थपिऐछन् । तर देश र जनताको समृद्धिमा एक रतिपनि ध्यान नपुग्दा आउँदो चुनावमा नेकपा पक्ता साफहुने अनुमान लगाउन सकिन्छ । त्यसैले बेलैमा सोचेर देश र जनताका लागि काम गर्न तिर ध्यान जाओस् ।