समाचार

दुबई बस दुर्घटनाः मृत्यु हुने नेपाली नागरिकको संख्या ६ पुग्यो

काठमाडौं । यूएईको दुबईमा बस दुर्घटनामा परि मृत्यु हुने नेपालीको सङख्या बृद्धि भएको छ । एक सेक्युरीटि कम्पनीमा काम गर्ने कामदार बोकेको बस सोमबार दुर्घटनामा परेको थियो । जस्मा नेपाली पनि सवार रहेको र उनिहरुको मृत्यु भएको बताईएको छ ।

धन कमाउन गएका नेपाली नागरिको दुर्घटनामा परि मुत्यु हुनेको सङख्या बढेर ६ पुगेको छ । मृत्यु हुने नेपाली नागरिकहरुमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिएका छन् ।

दुर्घटनामा परि मृत्यु हुने गुमाउने नेपाली नागरिकहरुको नेपालस्थित ठेगाना भने खुल्न नसकेको बताईएको छ । फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको मृत्यु भएको हो ।

साथै मृत्यु हुनेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् । दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

दुर्घटनामा मृत्यु हुनेह नेपाली नागरिकका बारेमा थप जानकारी लिईरहेको श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए ।