स्वास्थ्य

कपाल प्रत्यारोपण गर्दा यस्तो फाइदा हुन्छः हेर्नुहोस्

काठमाडौं । कपाल प्रत्यारोपण एउटा शल्य प्रक्रिया हो, जसमा टाउको पछाडि र ‘साइड’मा केश झरेको ठाउँमा लगाइन्छ  कपाल नभएको ठाउँमा प्रत्यारोपण गरेको केश पुनः पैदा हुन सामान्यतया तीनदेखि चार महिना लाग्छ ।

अहिले नक्कली कपाल हाल्ने वा विशेषज्ञकामा गएर प्रत्यारोपण गर्ने चलन बढ्दो छ । कपाल प्रत्यारोपणलाई चिकित्सकीय भाषामा ‘हेयर ग्राफ्टिङ’ पनि भन्ने गरिन्छ । प्रत्यारोपणमार्फत् हजारौंले कपाल झर्ने समस्याबाट राहत पाएका छन् ।

पुनः कपाल उमार्न पनि सफलता मिल्दै आएको छ । झरेको कपाल पुनः उमार्न यो विधि निकै सफल मानिएको छ । यद्यपि, यसका केही दुष्प्रभाव पनि नदेखिने होइनन् ।

बदलिँदो जीवनशैली तथा गलत खानपानका कारण सानै उमेरमा कपाल झर्ने र फुल्ने समस्या देखिने गरेको छ । प्रदुषण र तनावका कारण पनि कपाल झर्ने गर्छ । यस्ता समस्या महिला(पुरुष दुवैमा हुन्छ ।