स्वास्थ्य

मुटु रोग कसलाई, किन र कसरी लाग्न सक्छ ? यस्बाट कसरी बच्ने ? जान्नुहोस्

काठमाडौं । पहिले पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ ।

मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ । प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा ।

यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने विज्ञहरु बताउँछन् ।