अन्तर्राष्ट्रिय

मतगणना जारी रहेका वेला निर्वाचन आफ्नो पक्षमा आएको अब्दुल्लाहको दावी

एजेन्सी । अफगानिस्तानका प्रमुख कार्यकारी तथा राष्ट्रपति असरफ घानीका प्रमुख प्रतिस्पर्धी अब्दुल्लाह अब्दुलाहबीच प्रतिस्पर्धा रहने मानिएको गत हप्ता सम्पन्न राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदानबाट आफ्नो विजय भएको नेता अब्दुल्लाहले सोमबार बताएका छन् ।

अब्दुल्लाहको उक्त दावी मतगणना जारी रहेका समय आएको हो । यद्यपि अफगानिस्तानको निर्वाचन आयोगले भने यसबारे औपचारिक नतिजा सार्वजनिक गरिसकेको छैन । “हामीले निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेका छौँ,” अब्दुल्लाहले निर्वाचन परिणाम आफ्नो पक्षमा आएको दावी गर्दै गरेको पत्रकार सम्मेलनमा भने ।

उनले भने , “निर्वाचनको परिणाम छिट्टै स्वतन्त्र निर्वाचन आयोगले गर्नेछ, तर हामीले धेरै मत प्राप्त गरेका छौँ । दोस्रो चरणको निर्वाचन हुने अवस्था छैन ।” सन् २००९ र सन् २०१४ मा क्रमशः पराजित बनेका राष्ट्रपतिका प्रत्यासी अब्दुल्लाह तेस्रो पटक निर्वाचनमा हुनुहुन्छ । उनले थपे , “हाम्रो समूहले नयाँ सरकारको नेतृत्व लिनेछ ।”

निर्वाचन आयोगका उच्च पदस्थ अधिकारीका हाबिब रहमान नाङले भने निर्वाचनको अझै सम्पूर्ण परिणाम आइनसकेको भन्दै अब्दुलाहको दावीलाई खण्डन गरेका छन् छ । उनले भने “कुनै पनि उम्मेदवारले आफू विजय भएको घोषणा आँफै गर्ने अधिकार छैन ।”

अफगानिस्तानको कानून संविधान अनुसार निर्वाचित उम्मेदवारको निर्णय गर्ने अधिकार स्वतन्त्र निर्वाचन आयोगको रहन्छ ।” उनका अनुसार प्रारम्भिक नतिजाबाट आगामी शनिबारसम्म निर्वाचनको सम्पूर्ण परिणाम आउने सम्भावना देखिएको छैन । यसैबीच अब्दुल्लाहले निर्वाचन आफ्नो विजय निश्चित भैसकेको तर केही सरकारी अधिकारीले निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न खोजेको बताए ।