अन्तर्राष्ट्रिय

अत्यधिक बर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ को मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बर्षाका सिर्जित घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

उत्तर प्रदेशका राहत व्यवस्थापन आयुक्त जीएस प्रियदर्शीले २९४ ओटा घरहरु पनि क्षतिग्रस्त भएको जानकारी दिएका छन् । सरकारले मातहतका निकायहरुलाई बर्षाका कारण उत्पन्न समस्याहरु नियन्त्रण गर्न निर्देशन दिइसकेको पनि उनले बताए ।

हामी मौसम विभागसँग लगातार सम्पर्कमा छौँ, पूर्वी उत्तर प्रदेश क्षेत्रमा विगत तीन चार दिनदेखि अत्यधिक बर्षा भइरहेको छ,” उनले भने ।

“सन्त रविदास नगर, अजाम्गार्ह, मिर्जापुर, वाराणसी, प्रतापगार्ह, अम्बेडकर नगर, चण्डौली, प्रायगराज र जौपुरमा असामान्य बर्षा भइरहेको हो,” प्रियदर्शीले एएनआईलाई बताए । बर्षाका कारण बाढीको तह बढेर गंगा नदीमा घाजीपुर जिल्ला र कुवानो नदीको गोँडा जिल्लामा खतराको अवस्था देखिएको उनले बताए ।