आर्थिक

महालक्ष्मीको झम्सिखेल शाखाको औपचारिक समुद्घाटन

जावलाखेल । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा ललीतपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं ३, स्थित झम्सिखेल शाखा कार्यालयको आइतबारका शिुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दीप प्रज्वलनका साथ गरेका थिए, कार्यम्रम बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, एसएसपी टेक प्रसाद राई लगायत विशिष्ट ब्यक्तीहरु रहेका थिए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधनगर्दै आइरहेको जानकारीका साथै आगामीदिनमा बैंकले अझै उत्कृष्ट सेवादिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखातथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मीविकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।