आर्थिक

ज्योति विकास बैंकद्वारा ट्राफिक चिन्ह राख्न सहयोग

काठमाण्डौ । ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखादेखि झोरको मालुङसम्म ७० वटा ट्राफिक चिन्ह राख्न सोमबार एक कार्यक्रम मार्फत आर्थिक सहयोग प्रदान गरेकोछ।टोखा नगरपालिका वडा नं२ द्वाराआयोजित जनचेतना कार्यक्रममा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जनागरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त सहयोग प्रदान गरेको छ।

कार्यक्रमको प्रमुख आतिथित्व नेपालीका ङ्ग्रेसका महामन्त्री डा.शशांक कोइरालाले गरेका थिए । विशिष्ट अतिथिको रुपमा टोखानगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानीमाया डङ्गोल तथा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली उपस्थित भएका थिए । टोखा वडा नं २ का वडाध्यक्ष दिपकराज जोशीले उक्त कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए।

बाटोमा गुड्ने सवारीहरुको सहजता र चेतनाकोलागि टोखादेखि झोरको मालुङसम्म ७०वटा ट्राफिक संकेत चिन्ह बोर्ड राखिने भएकोछ।टोखानगरपालिका वडानं २ र ज्योति विकास बैंकको संयुक्त सहकार्यमा सवारी दुर्घटना न्यूनिकरण तथा जनचेतनाको लागि सोचिन्हहरु निर्माणगर्ने निर्णय भएको हो।

कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनहरुमापनि मेचीदेखि महाकालिसम्म सक्दोसहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।