राजनीति

बर्तमान सरकारको गतिबिधि पञ्चायतकालको भन्दा बढी आलोचित, जनता दिक्कः डा. कोइराला

चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताएका छन् । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उनले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताए ।

महाधिवेशन नभई काङ्ग्रेसमा ऊर्जा नथपिने उनको भनाइ थियो । उनले भने, “महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने काङ्ग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।” काङ्ग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उनले थने, “सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेविसङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।”

नेतृत्वको कमजोरीका कारण काङ्ग्रेस समस्यामा पर्न नहुने उनले जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उनले नेकपाले बिभिन्न स्थानमा गरेको प्रवृत्तिको कडा आलोचना गरे । “ विचार र वोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्ति विरुद्ध आवाज उठाउन जरुरी छ”, नेता कोइरालाले भने । डा कोईरालाले दुईतिहाई ओली सरकारको गतिबिधिका कारण नेपाली जनता दिक्क भएको विचार व्यक्त गरेका छन् ।