सूचना प्रविधि

दशैको अवसरमा टेलिकमले विभिन्न आकर्षक छुट उपलब्ध गराउने

काठमाडौं नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ ।

कम्पनीले फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन । फोरजी÷एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ ।

अर्को सूचना नआएसम्म सम्म यो अफर निरन्तर रहने नेपाल टेलीकमले जनाएको छ । यस्तै पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ । साथै यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने जनाएको छ ।

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले फोरजी नेटवर्कमा आबद्ध हुन ग्राहाकलाई आग्रह गरेको छ । यस्तै पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराउने, प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्ने जनाएको छ ।

महान्पर्व विजया दशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुने र सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्ने जनाएको छ ।