लुम्बिनी

पल्पामा अपाङ्गता परिचयपत्र वितरण

पाल्पा । रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो ।

जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ । अघिल्लो आव २०७५\०७६ मा परिचयपत्रका लागि सिफारिस भएका २६३ जनालाई परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । उनीहरुले सोही परिचयपत्रका आधारमा सामाजिक सुरक्षाभत्ता समेत पाउने छन् । रिब्दीकोट गाउँपालिका १ नम्बर वडामा ५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । रातोकार्ड पाउनेमा १२ जना, नीलो कार्ड १९ जना, पहेँलो कार्ड ११ र सेतो कार्ड पाउनेमा नौ जना छन् ।

त्यसैगरी वडा नम्बर २ मा ३० जनाले अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । जसमध्ये रातोकार्ड नौ जना, नीलो आठ जना, पहेँलो सात जना र सेता कार्ड छ जनाले पाएका छन् । रिब्दीकोट गाउँपालिकाको ३ नम्बर वडामा दुई जनाले रातो कार्ड प्राप्त गरेका छन् । नीलो १४ जनालाई पाँच पहेँलो र सेतो पाँच जना गरी २६ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।

रिब्दीकोट गापा ६ नम्बर वडामा तीन जना रातो, पाँच जनालाई नीलो, नौ जनालाई पहँेलो आठ जनालाई सेता गरी २५ जना, वडा नम्बर ७ मा रातो चार जना, नीलो १८ जना, पहेँलो ११ जना, सेतो कार्ड आठ जना गरी ४१ जना अपाङ्गता भएका व्यक्ति भेटेर परिचयपत्र वितरण गरिएको हो ।

त्यसैगरी वडा नम्बर ८ मा रातो कार्ड सात जना, नीलो १० जना, पहन्ेलो सात जना र सेतो पाँच जनालाई गरी २९ जनालाई गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताए । जिल्ला सदरमुकाम तानसेनसँग जोडिएको गाउँपालिकामा अपाङ्गताको सङ्ख्या बढ्दै छ ।