स्वास्थ्य

किन बग्छ गिजाबाट रगत ? हेर्नुहोस यस्तो छ कारण

काठमाडौं । टाउको दुख्यो, कम्मर चस्कियो या कुनै सामान्य घाउचोट लाग्यो भने मानिस उपचार गर्छ वा स्वास्थ्यमा समस्या भएको रूपमा लिन्छ ।

रुघाखोकी लाग्दा पनि मानिस ठूलै समस्याका रूपमा लिन्छन् । मानिसको अन्य स्वास्थ्यजस्तै दाँत स्वास्थ्य पनि महत्वपूर्ण हो । दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु, पिप वा रगत आउनु, गिजा पाक्नु र दुख्नु आदि दाँतका समस्या हुन् ।

तपाईंले यो समस्यालाई सामान्य रूपमा लिनुभएको हुनसक्छ । त्यसो गर्दा समस्या झन् ठूलो हुनसक्छ । किनकि तपाईं पायरिया अर्थात् ९दन्तहर्षा० रोगबाट पीडित हुनुहन्छ वा त्यो सम्भावना छ भन्ने कुरा बुझ्नुपर्छ । दाँतको मुख्य समस्यामा दाँतको सडन र पायरिया हो । पायरिया दाँतको गम्भीर रोग हो । यसलाई चलनचल्तीको भाषामा दन्तहर्षा भनिन्छ ।

सामान्यतया हरेकपटक खाना खाइसकेपछि मुख कुल्ला गर्ने बानी नहुँदा र राति सुत्नुअघि ब्रस नगर्दा सानो वा ठूलो जुनसुकै उमेरमा पनि यो समस्या निम्तिन सक्छ ।