विचार/ब्लग

नेपालको दोस्रो ठूलो पर्यटकीय गन्तव्य, चिसो हावापानी मेरो दोलखा !

नविना तामाङ /दोलखा जिल्ला नेपालको पहाडी जिल्ला हो । यो नेपालको मध्यामाञ्चल विकास क्षेत्र अन्र्तगत जनकपुर अञ्चलमा पर्दछ । संघीयता आएपछि प्रदेश न. ३ मा पर्दछ । यसको सदरमुकाम चरिकोट हो । यसको छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोक, काभे्रपलान्चोक, सोलुखुम्बु आदि हुन् । जसको क्षेत्रफल ४५९.८ वर्ग मी. रहेको छ । यहाँ चिसो हावापानी पाइन्छ । यस जिल्लामा विभिन्न जातजाति, भेषभूषा, रहनसहन, कला, सँस्कृति, धार्मिक मुल्य मान्यता पाइन्छ । यहाँ क्षत्री, ब्राहमण, राई, लिम्बु, सुनुवार, मगर, तामाङ, शेर्पा ,नेवार, थारु, थामि, सार्की, कामी, दमाई लगायत अन्य जातजातिका मानिसहरु बसोेबास गर्दछन् । यहाँ हिन्दु, बौद्ध, किराँती, क्रिश्चियन आदी धर्मावलम्बीहरुको बसोबास रहेको छ । दोलखा जिल्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाँउ हो । यहाँ गौरिशंकर हिमाल, च्छो–रोल्पा हिमताल, सुन्दर शैलुङ डाँडा, खरिढुङ्गा, जिरी उपत्यका, मनोरम दृश्य हेर्न लायक लामाबगर लगायतका अन्य धेरै रमणिय ठाँउहरु रहेका छन । साथै धार्मिक दृष्टिकोणको आधारमा पनि यो प्रख्यात ठाँउ हो । यहाँ कालिन्चोक भगवती माई, शैलुङ्गेश्वर महादेब, विगु गुम्बा, भिमसेन थान, खाँडा देवी, माहाङ्काल लगायतका अन्य थुप्रै मठ, मन्दिरहरु रहेका छन ।

धार्मिक पक्ष
यस जिल्लामा विभिन्न धर्मवलम्विहरु जस्तैः हिन्दु, बौद्ध, क्रिश्चियन, सिख ईत्यादि पाईन्छ । हिन्दुहरु मठ, मन्दिरमा गएर पूजाआजा गर्दछन् । बौद्ध धर्मावलम्बिहरु गुम्बा, विहा, चैत्य, स्तूप आदिमा गएर पूजा गर्छन् । यिनिहरु बुद्धले सिकाएको मार्गमा हिड्ने गर्दछन् । बुद्धको ज्ञानलाई लिएर अघि बढेकाले उनिहरु पनि बुद्ध जस्तै शान्त स्वभावका छन् । त्यसैैगरि क्रिश्चियनहरु चर्चमा जान्छन् । उनिहरु जिसस ख्रिष्टलाई आफ्नो सृष्टिकर्ता परमेश्वर मान्दछन् । उनिहरु चर्चमा गएर धर्मगुरु पादरीबाट शिक्षा लिन्छन् र जिसस ख्रिष्टसँग प्रार्थना गदर्छन् । यहाँ विभिन्न धर्मावलम्बिहरु भएता पनि सबै धर्म एउटै हुन् र एक धर्मले अर्को धर्मको सम्मान गर्नु पर्दछ भन्ने भावना सबै व्यतिmहरुमा विकास भएको छ । यहाँ आफ्ना आफ्नै धार्मिक मूल्य मान्यता र परम्परा भएता पनि एक आपसमा मिलेर बस्छन् । सबै धर्मको मुलमन्त्र हत्या, हिंसा नगर्नु, चोरी नगर्नु, अरुको भलाई गर्नु, समाजमा मिलेर बस्नु नै हुन् भन्ने कुरा यहाँको मानिसमा विकास भएको छ, जसले गर्दा यस जिल्लावासिहरुमा धार्मिक सहिष्णुता झल्किएको छ ।

 

सामाजिक पक्ष
जिल्लाबासिहरु समाजमा एक अर्कासँग मिलनसार र व्यवहारिक छन् । यहाँ विभिन्न जातजातिका मानिसहरुको बसोबास भएकाले जातजाति अनुसार छुट्टाछुट्टै भाषा, भेशभूषा, पोशा, व्यावसाय, रहनसहन, चालचलन, रितीरिवाज रहेका छन् । उनिहरु एक अर्कालाई आवश्यक पर्दा सहयोग गर्छन् । उनिहरुमा सरसापट, लेनदेन, सरसल्लाह दिने जस्ता भावना पाईन्छ । जिल्लाका विकसित स्थानहरुमा छुवाछुत, दाईजो प्रथा कुसंस्कारहरु पाँईदैनन् तर पनि जिल्लाका अलि अविकसित ठाँउहरुमा भने छुवाछुत, दाईजो प्रथा, बोक्सि प्रथा लगायतका कुरिती, तथा कुसंस्कार भने यथावत नै छ । त्यस्तै अविकसित ठाउँहरुमा जुवातास खेल्ने, जाँड रक्सि खाने, जथाभावी बोल्ने, जस्ता कार्यहरु भईरहेकै छन् । धुम्रपान सेवन, मध्यपान सेवन, लागुपदार्थ सेवन जस्ता विसंगतिहरु समाजमा अहिले पनि विद्यमान नै छन् । यस्ता विसंगतिहरु र कुसंस्कारहरु हटाउन राज्यबाट पनि पहल भइरहेको छ । उतm नियामवलीहरुलाई कानुनले पनि कडिकडाउका साथ लागु गरिरहेका छन् । जसले गर्दा पहिले भन्दा अहिले समाजमा निकै सुधारहरु आईसकेको छ ।

आर्थिक पक्ष
यस जिल्लावासिहरुको आयआर्जन गर्ने प्रमुख पेसा कृषि व्यवसाय हो । लगभग ८०% मानिसहरु कृषि पेसामा आधारित भएको सरकारी रेकर्ड पाईन्छ । बाँकी २०% मानिसहरु भने अन्य सामान्य व्यापार व्यवसाय गरेर आफ्नो जीविकोर्पाजन गर्दछ । कृषि तर्फ मुख्यतयः धान, गहँु, मकै,कादो, भटमास,फापर, जौ र्ईत्यादी उत्पादन हुन्छन् भने नगदे बाली तर्फ आलु, काउली, बन्दा, बोडि, सिमि, केराउ, मुला, गाँजर, अलँैची, उखु ईत्यादी उत्पादन हुन्छन । कतिपय स्थानहरुमा कृषिमा आधुनिकिकरण, सिँचाईको राम्रो व्यवस्थापनले गर्दा उत्पादान राम्रो हुन्छ। विकसित ठाँउहरुमा यस्ता उत्पादनले राम्रो बजार पाएका छन् भने विकट र सडकमार्ग नपुगेका स्थानहरुमा भने उत्पादन भएका अन्न तथा नगदे बालीहरु बिक्रि वितरण गर्न साथै बजार व्यवस्थापन गर्न कठिनाई भएको पाइन्छ । धेरैजसो परिवारका युवा सदस्यहरु वैदेशीक रोजगारमा गएर घरपरिवारलाई आर्थिक हिशावले समुन्नत बनाएका पनि भेटिन्छन् ।

पर्यटन
पर्यटनको हिसाबले हेर्दा दोलखा नेपालको दास्रो धनी जिल्ला हो । किनभने दोलखा जिल्लामा पर्यटनको ठुलो सम्भावना रहेको छ । यहाँ विभिन्न महत्वर्पुण स्थानहरु जस्तैः जिरि उपत्यका, श्ौलुङ्ग डाँडा, खरिढुङ्गा, लामाबगर, किर्ने, पुरानो दोलखा बजार, कालिन्चोक डाँडामा रहेको केबुलकार, गौरीशंकर संरक्षण क्षेत्र, च्छो रोल्पा हिमताल, रोल्वालिङ उपत्यका, जटापोखरी, गाईखुरा महादेव चरिकोट बजार साथै खिम्ती जलविद्युत आयोजना, अपर तामाकोशी जलविद्युत आयोजना आदिले गर्दा यस जिल्लामा पर्यटन व्यवसायको ठुलो सम्भावना देखिन्छ उल्लेखित पर्यटकीय क्षेत्रहरुमा सडक, यातयात, बिजुलि, खानेपानि, सञ्चार साथै खाना तथा बासको लागि होमेस्टे ईत्यादिको राम्रो विकास भएमा दोलखा जिल्लामा पर्यटन व्यवसाय अति फस्टाउने देखिन्छ । पर्यटन विकास भएमा दोलखाको आर्थिक पक्षमा सुधार हुने देखिन्छ ।

राजनीतिक पक्ष
संसारमा राजनीतिक पक्षपनि महत्वपूर्ण र अनिवार्य जस्तै भईसकेको क्षेत्र हो । दोलखामा निर्बाचनका हिशावले दुईवटा क्षेत्र छन् । प्रदेशीक हिसावले हेर्दा एक निर्बाचन क्षेत्रमा दुई हुंदा चार वटा क्षेत्र छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी लगायत ठूला राजनीतिक दलहरुले स्थानीय तह, प्रदेश र केन्द्रमा निर्बाचन जित्ने गरेका छन् । कहिले कुन राजनीतिक दलले निर्बाचन जित्ने त कहिले कुन राजनीतिक दलले निर्बाचन जित्ने भएपनि सबै दलहरु जिल्लाको हितका लागि एक ठाँउमा आएर विकास निर्माणका काम गर्ने गर्दछन् । एमाले र माओबादीको एकीकरणपछि नेकपा भएको छ । त्यसमा पनि काँग्रेसपछि नेकपाले नै स्थान जमाएको छ ।