राजनीति

डा रिजालमाथी नेकपा प्रहारपछि तरुण दल बिच्कियो, कमजोरी सोचे नेकपा बिरुद्ध देशब्यापी प्रत्याक्रमण

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले तनहुँको एक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा मिनेन्द्र रिजालमाथी गरेको नेकपाका नेताकार्यकर्ताको अबरोधलाई निन्दनीय रुपमा लिएको छ । अध्यक्ष बस्नेतले बाँके सभापति किरण कोईराला पछि काँग्रेस नेताहरुमाथी देशब्यापी रुपमा नेकपाका उच्च स्तरका नेताहरुको निर्देशनमा आक्रमण हुन थालेको ठहर गर्दै संबैधानिक अधिकारभित्र पर्ने कार्यक्रम गर्न पाउने, सभा सम्मेलन गर्न पाउने अधिकारलाई बन्देज नगरी लोकतान्त्रीक पद्धतीमा विश्वास गर्न आग्रह गर्दै राजनीतिक पार्टीको व्यवाहार देखाउन सचेत गराएका छन् ।

नेपाली काँग्रेसका युवा नेतासमेत रहेका अध्यक्ष बस्नेतले नेकपा सरकारको संरक्षणमा काँग्रेस नेताहरुलाई बेला बेलामा आक्रमण गरिरहने क्रम दोहोरिने, तेहेरिने भईरहेमा तरुण दललाई प्रत्याक्रमण गर्नबाट कसैले पनि रोक्न नसक्ने कुराको चेतावनी दिएका छन् । भ्रष्टाचार निवारण गर्नु, देश र जनताको विकास र समृद्धीको लागि काम गर्नुको सट्टा अपराधीकरणमा लिप्त ओली सरकारका बिरुद्धमा समेत सडकमा उत्रिन बाध्य हुने अध्यक्ष बस्नेतले जारीगरेको विज्ञप्तीमा उल्लेख छ । यस भन्दा अगाडीका भ्रष्टाचाार विरोधी आन्दोलनमा अध्यक्ष बस्नेतले नेतृत्व गरेर कयौंपटक प्रहरीको धरपकड खेपिसकेक छन् ।

डा रिजालप्रतिको आक्रमणका बिरुद्धमा नेपाली काँग्रेस, काँग्रेस संसदीय दल, नेविसंघ, महिला संघ, मानव अधिकार सम्बन्धि संगठनहरु लगायतले नेकपाको कृयाकलापको बिरोध जनाईसकेका छन् ।