स्वास्थ्य

विश्व मुटु दिवस– अल्का अस्पतालमा निःशुल्क स्वास्थ्यशिविर

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’भन्ने नाराका साथ लायन्स क्लवअफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो।

मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरुका लागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ। इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्कगरिएकोअल्का अस्पतालले जनाएको छ।

मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्क गरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिलिप थापाले बताए।

उनकाअनुसार निःशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधिपनि निशुल्क वितरण गरिएको अस्पतालको दाबी छ ।
शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ। विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नेपालमाभने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख रहेको छ। धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कमखाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन्