आर्थिक

मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी देव कर्नरबीच सहकार्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र के.जे. देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्तके.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरको प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाईथ पलाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकस्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम् बाट निःशुल्क रकमझिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।