आर्थिक

सनराइज बैंकको सहयोग सामाग्री वितरण कार्यक्रम

काठमाण्डौ । सन्राइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न बृद्ध आश्रम तथा अनाथालयमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ ।

““Caring Humanity” हामी संग संगै” भन्ने नाराको साथ बैंकले कुपण्डोलको निजानन्दबृद्घ आश्रममाआर्थिक सहयोग प्रदान गरेको छ। सोहिदिन बैंकको तिनकुने, बिराटचोक, बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरियाशाखाहरmबाट बृद्घ आश्रम तथा अनाथालयमा सहयोग सामाग्री वितरण कार्यक्रम गरीएको छ ।

त्यसैगरी आश्विन १३ गते बैकले टंगाल स्थित बाल मन्दिर, बगर र धरानशाखाहरm बाट सहयोग सामाग्री वितरण गर्ने जनाएको छ , भने आश्विन १४ मा बानियाटार शाखाले सहयोग सामाग्री वितरण गर्ने योजना बताएको छ । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरmगर्दै जाने जनाएको छ ।