समाचार

कोईरालापछि डा रिजालमाथी नेकपाको प्रहार, ओली सरकार बिरुद्ध नेता पौडेल देखिए आक्रमक

काठमाण्डौ । नेपाली काँग्रसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्य्रीय सदस्य डा मीनेन्द्र रिजाललाई कार्यक्रममा अबरोध गरेकोमा बिरोध जनाएका छन् । नेता पौडेलले एक विज्ञप्ती जारी गर्दै तनहुँको एक कार्यक्रमलाई बिथोल्न नेकपाका कार्यकर्ताले गरेको हर्कतको आलोचना गरेका हुन् ।

नेता पौडेलले विज्ञप्तीमा भनेका छन्, ‘तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुगेका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुद्वारा मण्डले शैलीमा अवरोध गरेका छन् ।

गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय भएको थियो । यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो ।

तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाउपालिका भवन उदघाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गर्दै भवन उदघाटनका लागि जान लागेको जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन् ।

नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् । पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन् । बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोश्रो जागरण अभियानमा आक्रमण गरेको घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेको घटना घोर आपत्तीजनक हो ।

सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ ।’