प्रवास

पर्यटमन्त्री भट्टराई क्यानडा भ्रमणमा, भन्छन्ः एयरलायन्स घाटामा जाँदा मन शान्त भएन

टोरोन्टो । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले क्यानडा भ्रमण गरेका छन्। नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मन्त्री भट्टराईले स्वदेशी तथा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन् ।

अन्तराष्ट्रिय नागरिक उड्यनसंघ, आइकाओको माहासभामा सहभागीहुन क्यानडाको मोन्ट्रियल आएका भट्टराईले शुक्रबार एनआरएन एक्यानडाले गरेको कार्यक्रममा टोरोन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एक पटक घुम्न आग्रह गरे।

अब जोकोही छुट्टी मनाउन बाहिर जानु भन्दा नेपाल नै गएर प्राकृतिक आनन्दलिन आव्हानगर्दै मन्त्री भट्टराईले नेपाल भ्रमणवर्ष २०२० सफलपार्न क्यानडाबासी नेपाली समुदाय जुटेर लाग्नुपर्ने बताए। वाइडबडी एयरलायन्सलगायत केही नयां एयरलायन्सहरु अहिले घाटामागइरहेको अवस्थामा आफू विदेश घुम्दापनि मनशान्त नभएकोउनको कथन थियो। उनले भने, “तर यसका लागि नेपाल सरकारले समाधानको उपायनिकाल्न लागि परिरहेकोछ।”

साथै उनले प्रवासमा रहेका नेपालीहरुका नागरिकता विषयमा सरकारले आवश्यक गृहकार्यगरिरहेकोले अब छोरानातीसम्मले पनि नेपाली नागरिकता पाउनसक्ने व्यवस्था गरिने बताए। यस विषयमा केही कमिकमजोरि रहेछन् भने पनि विधेयक परिमार्जन गर्नसकिने उनको स्पष्टोक्ति थियो।

टोरोन्टोको नेपाली रेष्टुरेन्ट वन्क्वेटहलमा आयोजना गरिएको कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२०मार्फत नेपाल क्यानडाका पर्यटकविच सुमधुर सम्बन्ध स्थापना गराउन आफूलागिपरेको बताए।

यस्तै एनआरएन एक्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, उपाध्यक्ष उज्वल थापा, पूर्वमहासचिव सुमनल म्साललगायतले नेपालका जुनसुकैठाउंपनि घुम्न योग्य रहेकाले त्यस्ता ठाउंहरुको प्रचारप्रसार गरि पर्यटकको शान्ती सुरक्षाप्रति पनिध्यान दिन आग्रह गरेका थिए।

एनआरएन एक्यानडाका महासचिव पिताम्बर भट्टराईले संचालनगरेको कार्यक्रममा टोरोन्टो क्षेत्रका सांसद नाथलियनलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

मादलको तालबाट टोरोन्टोमा स्थापितभएको सानुराजा नेतृत्वको हिमालयन भाइव्सको सांगितिक प्रस्तुतीले कार्यक्रम थप रोमाञ्चक बनाएको थियो। यस अघि नेपाली दूतावासले राजधानी अटोवारटोरोन्टोमा गरेका कार्यक्रमहरुमा पनि मन्त्री भट्टराईले नेपाल भ्रमणलाई नै विशेष जोड दिएका थिए। एक साता लामो भ्रमणपछि मन्त्री भट्टराई आइतवार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ।