कृषि

कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्न ब्याज अनुदान

कोहलपुर । प्रदेश नं ५ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले किसानलाई व्यावसायीकरण र आधुनिकीकरण गर्न यस वर्षदेखि किसान लक्षित ब्याज अनुदान कार्यक्रम शुरू गरेको बताए ।

शनिबार बाँकेको कोहलपुरमा आयोजित जिल्लास्तरीय व्यावसायिक कृषकहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएको हो ।
मन्त्रालयले कृषि उत्पादन वृद्धिसँगै बजारीकरणमा समेत जोड दिँदै आएको मन्त्री पौडेलले दाबी गरे । उत्पादनमा वृद्धि गर्न सके मात्र देश आत्मनिर्भर हुने उनको भनाइ छ ।

कार्यक्रममा कोहलपुर नगरप्रमुख लुटबहादुर रावतले कोहलपुर नगर सरकारको प्राथमिकतामा कृषि रहेको बताए । उनले कोहलपुर नगर सरकारले प्रदेश सरकारसँगको साझेदारीमा बधशाला सञ्चालनको तयारी गरिरहेको जानकारी दिए ।