पु.समाचार

पूर्वप्रधानन्यायाधीश उपाध्यायको अन्त्यष्टि

काठमाडौ । पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको पार्थिव शरिरलाई आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

केही समयअघि देखि फोक्सोको क्यान्सरको उपचार गराइरहनुभएका उपाध्यायको चाबहिल–मैँजुबहालस्थित आफ्नै निवासमा गए राति निधन भएको हो । उहाँ ८२ वर्षका हुनुहुन्थ्यो । प्रारम्भका केही दिन गोरखापत्र संस्थानमा काम गर्नुभएका उपाध्याय विसं २०२० देखि न्याय सेवामा प्रवेश गर्नुभएको हो । जिल्ला न्यायाधीश, अञ्चल न्यायाधीश, क्षेत्रीय न्यायाधीश हुदै उहाँ सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनुभएको थियो ।