आर्थिक

सन्राइज क्यापिटलको साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । सन्राइज क्यापिटलको ९ औं वार्षिक साधारण सभाअसोज १० गते एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भएबमोजिमआ.ब. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरणगर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आ.ब. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।