आर्थिक

एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई रु ४ लाख

काठमाण्डौ । एनसीसी बैंकले प्रदेश नं. ३, काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाई यहि शुक्रबर रु ४ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

शिवपुरी माध्यमिक विधालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन टेलिभिजन तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि खेल सामग्रीको व्यवस्थापनगर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेको बैंककी प्रवक्ता बन्दना पाठकले बताईन् ।