प्रदेश 1

काँकडभिट्टामा यात्रु सहायता कक्ष स्थापना

भद्रपुर । नजिकिँदै गरेका चाडपर्व तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी झापाको काँकडभिट्टामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

आज काँकडभिट्टा बस पार्कमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाले स्थापना गरेको यात्रु सहायता कक्षको मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले उद्घाटन गरे । सहायता कक्षमा प्रहरी बस्ने तथा लामो र छोटो दूरीसम्म जाने कुनै यात्रुलाई समस्या भए तत्काल त्यहाँ रहने प्रहरीले समाधान गर्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार कार्कीले जानकारी दिए ।

नगरप्रमुख आचार्यले सहायता कक्ष स्थापनापछि हरेक यात्रुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।