पु.समाचार

नागढुंगा–नौबिसे सडकखण्डमा केहि सहजः गाडीको चाप सामान्य बन्दै

काठमाण्डौ । विगत केहि दिनदेखी नागढुंगा– नौबिसेमा लागेको गाडीको जाम केहि सहज भएको प्रहरीले बताएको छ । विभिन्न समस्याका कारण केहि दिनदेखी काठमाडौबाट बाहिरीने गाडी बीच बाटोमै जाममा बस्न बाध्य भएका थिए ।जुन जाम बसपार्कै देखी सुरु भएर नागढुंगा सम्मै रहेको थियो । 

दशैको माहोलमा काठमाडौंदेखी आफनो गृह जिल्ला जाने सर्वसाधारणनको यात्रा निकै कठिन बनेको थियो । आजदेखी भने सो सडक खण्डमा केहि सहज यात्रा बन्दै गएको प्रहरीले बताएको छ । यति मात्रै होईन उपचारका लागि काठमाडौं आउदै गर्दा एक व्यक्ति लामो जाममा परि ज्यान समेत गुमाउनु पर्यो । घन्टौ सम्म जाममा वस्नु पर्दा यात्रुहरु पुग्नुपर्ने गन्तव्यमा समयमा नै नपुग्ने समस्या भईरहेको छ ।

काठमाण्डौ जोड्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्डमा आजदेखी गाडीको चाप केहि सामान्य मात्र रहेको प्रहरीको भनाई छ । सिक्रेखोला र खानीखोला नजिकै गाडी बिग्रिएकाले केही समय त्यहाँ चापमा गाडी चले पनि अरु ठाउँमा कुनै अवरोध नभएको ट्राफिक प्रहरीले बतायो । धेरैजसो रात्रीबस जाममा नपरि काठमाण्डौ आइपुगेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

दशैँका लागि काठमाण्डौ भित्रने र बाहिरिने गाडीको चाप बढेसँगै यो सडकखण्डमा दिनहुँ लामो जाम हुँदा यात्रु घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था छ । दशैँका लागि अहिले बसभन्दा पनि ट्रक धेरै भित्रन थालेको सडक मर्मत भइरहेको, झरीका कारण सडक हिलो हुँदा राजमार्गमा लामो जाम हुने गरेको प्रहरीको भनाइ छ ।