पु.समाचार

चाड–पर्वको मुखैमा तरकारीको मुल्य आकासियोः सरोकारवाला भने मौन

काठमाडौं । मुलुकमा यतिबेला विभिन्न चाडपर्वहरु नेपालीको घर आंगनमा भित्रि सकेका छन् । भोलीदेखी हिन्दुहरुको महानपर्व वडादशै को पहिलो दिन घटस्थापना सूरु हुँदै छ । मुलुकमा चाडपर्व भित्रिएसंगै सबै हिन्दु नेपालीहरु यति बेला चाडपर्वलाई घरभित्र भित्र्याउन तामझामका साथ सबै लागेको देखिन्छ ।  तर मुलुकमा भने विभिन्न घरासयी सामान देखी तरकारी, खाद्यय वस्तु लगाएत विभिन्न वस्तुमा चर्काे मुल्य वृद्धि तथा कालो बजारी प्रष्ट देखीएको छ ।

जहिले चाडपर्वको वेलामा हुने वजार महंहि, तरकारीको मुल्य वृद्धि देखी लिएर बजारमा कालो बजारी विकृतिका रुपमा फैलिएको छ । तर नियन्त्रण तथा कारबाहिमा भने सरकार सदाका झैं अहिले पनि मौन देखिएको छ । यति बेला बजारमा विभिन्न सामान, तरकारीको मुल्य आकाशियको छ छुनै नसक्ने गरी महंगिएको छ । जति–जति चाडपर्व नजिकिएको छ तरकारीको मुल्य पनि आकाशिँदै जाँदा सर्वसाधारण चर्काे मुल्यका कारण आजित भएका छन् । सरकार भने भाषणमा मात्रै सिमित देखीएको छ ।

चाडपर्वको बेला मुल्य बृद्धि गर्ने र कालो बजारी गर्नेलाई कारबाहि गर्ने चेतावनी दिएपनि व्यावहारिक रुपमा त्यो कार्यान्वयन हुन सकेको छैन । अन्य वस्तुको मुल्य वृद्धि कालो बजारी त छदै छ हिँजो आज तरकारीको मुल्य अचाक्लि महंगिएको छ ।

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म वृद्धि भयो  । व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रूपमा बढाई रहेका छन् जस्को प्रभाव नराम्रो संग काठमाडौं वासि परेका छन् ।

समितिका सुचना अधिकारी विनय श्रेष्ठले मुलुकका पछिल्लो समय लगातार वर्षाको कारण हरियो सागपातको मुल्य वृद्धि भएको कारण देखाउँदै पन्छिएका छन् । तर हरियो सागमा मात्र नभएर बजारको अधिकांस तरकारीमा मुल्य वृद्धि भएको छ । गत भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य हिजोसम्ममा २ सय ८९ प्रतिशतले बढेर होलसेलमै १ सय ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

बोडी तने को २ सय २७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । मकै बोडीको मूल्य १ सय ५८ प्रतिशतले बढेर ९८ रुपैयाँ, घिउ सिमीमा १ सय ३८ प्रतिशत बढेर ९५ रुपैयाँ, तीते करेला १ सय ५८ प्रतिशतले बढेर ८५ रुपैयाँ पुगेको छ । हरियो प्याजको मूल्य १ सय ९ प्रतिशतले बढेर १ सय १५ रुपैयाँ, रायोको मूल्य १ सय ६४ प्रतिशत बढेर १ सय ४५ रुपैयाँ, लौका १ सय ७ प्रतिशत बढेर ५८ रुपैयाँ पुगेको छ ।

समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । होलसेलमै मूल्य बढेपछि खुद्रा पसलमा पनि मनपरी मूल्यमा बिक्री भइरहेको छ । होलसेल र खुद्रामा प्रतिकिलो ५०ः६० रुपैयाँ फरकमा बिक्री भइरहेको छ । व्यापारीहरुको आफ्नो मनलाग्दि तरकारी मुल्य वृद्धिले उपभोक्ता मारमा पर्दा समेत सम्बन्धित सरोकारवाला व्यक्तिको भने त्यतातिर चासो गएको देखिदैन ।

कालीमाटी तरकारी बजारको नियमन गर्ने मुख्य दायित्व कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो । मूल्यको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गर्नुपर्छ । अनुगमन मौसमी हुँदा वर्षाको कारण देखाउँदै बिचौलियाले फाइदा उठाएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ‘किसानबाट उपभोक्तासम्म आइपुग्दा ५ तहमा मूल्य तोकिन्छ ।

यस्तै बजार मूल्य बिचौलियाकै कारण तरकारीको मुल्य वृद्धि भएको पनि बताउने गर्दछन्  । कृषि विज्ञ कृष्णप्रसाद पौडेलले पनि चाडबाड लाग्नेबित्तिकै व्यापारीले मूल्य बढाउने गरेको बताए । ‘वर्षाले केही असर गरे पनि केही व्यापारीले चलखेल गरेका कारण तरकारीको मुल्य आकाशिएको छ । यता आपूर्तिमन्त्री यादवले पनि मूल्यवृद्धि वर्षाका कारण तरकारीको मुल्य वृद्धि भएको दाबी गरेका छन् ।

साथै उनले विभिन्न कार्यक्रमहरुमा चाडवाडको समयमा तरकारीदेखी विभिन्न खाद्ययवस्तुमा हुने महंगी र कालोबजारी गर्नेलाई चेतावनी दिएपनि कुनै लछारपाटो लाउन सकेका छनैनन् । समितिका अनुसार भदौ २० गते ७८ रुपैयाँमा बिक्री भएको काउली असोज १० मा ९५ रुपैयाँ पुगेको छ ।

भन्टा लाम्चो १ सय २३ प्रतिशतले बढेर ७८ रुपैयाँ, रायो १ सय ६४ प्रतिशतले बढेर १ सय ४५ रुपैयाँ पुगेको छ । लौकाको मूल्य २८ रुपैयाँबाट बढेर ५८ रुपैयाँ, घिरौला ३३ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ । साथै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले पनि कालीमाटी बजारमा अनुगमन भइरहेको दाबी गर्ने गरेका छन् ।

उत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भिचने गर्दछ । ती जिल्लाबाट आयातित तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वर लगायत तरकारी बजारमा बिक्री हुन्छ । सरकारी निकायले छिटफुट रूपमा कालीमाटी र बल्खु बजारमा अनुगमन गरे पनि जथाभावी मूल्य बढाउने व्यवसायीलाई कानुनी दायरामा ल्याउन सकेको छैन । ‘खुद्रा तरकारी पसलको कुरा गर्नेहो भने त झनै दोब्बर मुल्यमा तरकारीको मुल्य बढाएका छन् । तैपनि अनुगमन भने शन्य देखिन्छ ।