अन्तर्राष्ट्रिय

दुर्घटनामा परी भारतमा १३ को मृत्यु

एजेन्सी । भारतको राजस्थान राज्यमा शुक्रबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । जोधपुर—जैसाल्मेर राजमार्ग अन्तर्गतको सडक खण्डमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटनामा मृत्यु भएकामध्ये सात जना पुरुष, पाँच जना महिला र एक जना बच्चा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि जोधपुर ल्याइएको छ ।

जोधपुर जिल्लाको धाधानीया गाउँमा बस र जिप ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थाहा पाउने वित्तिकै बालेसार प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको पनि जनाएको छ ।

“हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार बालेसारका स्थानीय बासिन्दा श्रावण सिंहले नातेदार भेट्न आफ्नो परिवारका सदस्यहरुलाई लिएर जिपमा आउँदै हुनुहुन्थ्यो, त्यही जिप दुर्घटना भएको हो,” एक प्रहरीले भने ।