अन्तर्राष्ट्रिय

म्यानमारमा दुर्घटनाका कारण आठ महिनामा तीन हजार ६०० को मृत्यु

एजेन्सी । म्यानमारमा सन् २०१९ को पहिलो आठ महिनामा दुर्घटनामा परी कुल तीन हजार ६०२ व्यक्तिको मृत्यु भएको छ । यो अवधिमा अरु कुल १७ हजार ४० जना दुर्घटनाका कारण घाइते भएको पनि अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

देशको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार देशभरी यस अवधिमा ११ हजार ७ दुर्घटना भएका थिए । गत जनवरीदेखि अगस्टसम्ममा दुर्घटनामा परी मृत्यु हुनेको संख्या सवै भन्दा धेरै याङ्गुन क्षेत्रमा रहेको देखिएको छ । यो आठ महिनामा याङ्गुन क्षेत्रमा दुर्घटनाका कारण ४७४ जनाको मृत्यु भएको छ ।

त्यसपछि धेरै बागो क्षेत्रमा ४३४ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मण्डलाय क्षेत्रमा ४१४ जनाको मृत्यु भएको छ । यातायात मन्त्रालय अन्तर्गतको सडक यातायात प्रशासन विभाग आरटीएडीले संकलन गरेको विवरणमा यस्तो डरलाग्दो अवस्था देखिएको हो ।

यती धेरै दुर्घटना र मृत्यु तथा घाइते हुनेको पछाडी मानवीय त्रुटि नै मुख्य कारण रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुका अनुसार तीव्र गति, चालकको लापर्वाही, ट्राफिक नियमको उल्लङ्घन, अपरिपक्वतालगायतका कारणले धेरै दुर्घटना हुने गरेका बताइएको छ ।