अन्तर्राष्ट्रिय

इजिप्टले विरोधी नियन्त्रणको शैलीलाई ‘व्यापक परिवर्तन’ गर्नुपर्छः राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले इजिप्टका अधिकारीहरूलाई ‘उनीहरूको विरोध नियन्त्रणको शैली’ लाई व्यापक परिवर्तन गर्नुपर्ने बताएको छ ।

पछिल्ला केही दिनमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी विरोधी प्रदर्शनमा करिब दुई हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको रिपोर्टहरूपछि शुक्रबार राष्ट्रसङ्घले सरकारलाई उक्त चेतावनी दिएको हो ।

राष्ट्रसङ्घका मानवअधिकार मामिला प्रमुख मिसेल ब्याचलेटले भने “मैले इजिप्टका अधिकारीहरूलाई शुक्रबार हुने र आगामी विरोधका कार्यक्रमलाई शान्त गर्न फरक नीति अवलम्वन गर्न सचेत गराउन चाहन्छु ।

”शान्तिपूर्ण आन्दोलनमा पक्राउ परी हिरासतमा राखिएका सबैजनालाई मानवअधिकारको अन्तर्राष्ट्रिय कानूनप्रति इमान्दारिता प्रकट गर्दै रिहाइका लागि पनि उहाँले सरकारी पक्षलाई आग्रह गरेका छन् ।