आर्थिक

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Ez Remit ( BFC Bank बिच रेमिटान्स कारोबार सुरु

काठमाडौं । बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी  Ez Remit ( BFC Bank र सिटी एक्सप्रेस मनी ट्रान्सर बिच रेमिटान्स कारोबर सुरु भएको छ ।

कुवेत, बहराईन मलेशिया ,भारत, बेलायत लगायत विश्व भरी रहेको Ez Remit ( BFC Bank को ब्रान्च तथा एजेन्टहरु बाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देश कचन्द्र टण्डन र Ez Remit ( BFC Bank   को तर्फबाट प्रमुख बित्तिय अधिकृत एममल्लिकले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७००० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।