आर्थिक

सप्तरीको तिलाठी कोइलाडीको बस्ति निर्माणमा जनता बैंकको सहयोग

काठमाडौं । जनता बैंकले सालश्रावणमा तराईमा गएको भिषणबाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरेको छ । उक्त बस्तिनिर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ ।

उक्त रकम आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानलप्रा.लि. (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारी लाई हस्तान्तरण गरेका छन् ।

बि.सं. २०७४ श्रावणमहिनामा तराई क्षेत्रमागएको बाढीपिडितबाट घरबार गुमाएका उक्त मुसहर बस्तिका जनताहरुको आबास पुनःनिर्माणको लागि मिति २०७४ साउन ३१ गते जनता बैंकमा‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’खाता संचालन गरिएको थियो ।

नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्नब् यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्त बस्ति मिति २०७५÷०७÷२७ मापूर्व राष्ट्र पति डा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।