आर्थिक

मुक्तिनाथविकास बैंकद्धारा टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

काठमाडौं । मुक्तिनाथविकास बैक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग स्वरुप रु.३०,०००÷–(अक्षरुपीतिस हजार मात्र) को चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्षश्री सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुखश्री विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका माननीय सांसद श्री कृष्ण प्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्यशिविर कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेकाब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गते सम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंककाप्रमुख सुचनाअधिकारी श्री तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।