मनोरञ्जन

संचारकर्मी रविको शब्द तथा शिव परियारको स्वरमा निष्ठुरी गित सार्वजनीक

काठमाडौं । संचारकर्मी रवि अधिकारीको शब्द रहेको आँशुको अर्थ र आँशुको अर्थ भाग २ को अपार सफलता पछी नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीको शब्द र सुगम संगीतका बादशाह शिव परियारको आवाजमा रहेको निष्ठुरी बोलको गीत सार्वजनिक भएको छ ।

माया, प्रेम र धोकाको कथा बोकेको निष्ठुरीु बोलको उक्त गीत शुक्रबार बिहान नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन रहेको छ । गीतले मायाको अर्थ नभुझी धनको पछी लाग्ने एक युवतीको कथा बोकेको छ ।

गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिका हुन्छन् । पछी स्नेहाको भेट सफल उद्योगपती जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छन् । एक सामान्य युवा उत्सव पछी नेपालको सुपरस्टार गायक बन्छ ।  उता स्नेहाले धनको पछी लाग्द धोका पाउछे र फेरी उत्सवको जीवनमा फर्किन चाहदा उत्सवले अस्विकार गर्छन् ।

गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन् । सशान कँडेलले निर्देशन गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन् ।

गितको भिडियोः