राजनीति

गगनसँग कर्णालीका जनतालाई क्रेज, यसरी सुने बत्तिबालेर राती भाषण, सयौँले प्रवेश गरे काँग्रेस !

जुम्ला । कर्णालीको विकट जिल्ला जुम्लामा नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले नेकपाका सयौं नेता कार्यकर्तालाई काँग्रेस प्रवेश गराएक छन् । भाषण गर्दागर्दै राती भएपछि स्थानीय जनता गगनको भाषण सुन्न टर्चलाईट बालेर बसेर बसेका थिए ।

सांसद गगन थापाले विचार राख्दा संसद बैठकमै समेत सांसदहरू धेरै ध्यान दिएर सुन्छन् । त्यस्तै कर्णाली प्रदेशको जुम्ला जिल्लामा गगन थापाका गहन कुराले जनतालाई आकर्षित गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाले आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता थापाले भाषण गर्दा जिल्ला सदरमुकाम आकर्षित भएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका काम देखेर आजित भएका जनताले गगन थापाको भाषणलाई रुचाएका छन् । कार्यक्रममा बोल्दै नेता थापाले वैचारिक रुपमा टाट पल्टिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चिनियाँ कम्युनिस्ट पार्टीलाई बेच्न लागिपरेको बताएका छन् ।

‘मुलुकलाई समृद्ध बनाउने कुनै काम गर्न नसकेपछि संविधान कार्यान्वयन गर्ने कुनै योजना नभएर जनताबाट टाट पल्टिएपछि चिनियाँ पार्टीलाई नेपाली जनतामा बेचेर बचपन चरित्र प्रस्तुत गरेको छ । यसले नेपालको स्वत्रन्त्रतामा समेत प्रश्न उठाएको छ,’ नेता थापाले भने ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अयोग्य मात्र नभइ बेइमान समेत रहेको उनले गम्भीर आरोप लगाएका छन् । ‘यो सरकार अयोग्य मात्र होइन, बेइमान पनि छ । यस प्रकारको समृद्धिको बहसमा जनता कही पनि छैनन् । कर्णालीबासी छैनन्, कर्णालीको जडिबुटी छैन, स्याउ छैन, यहाँका अस्पतालमा औषधि छैन, विद्यालयमा शिक्षक छैन, विद्यार्थी छैन र सरकार पानीजहाजको रोमाञ्चित गफमा भुलिरहेको छ,’ उनले सरकारको पोल खोल्दै भने ।

कार्यक्रममा नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसी, नेबिसंघका पुर्व महामन्त्री कुन्दनराज काफ्ले लगायत नेताहरुले बोलेका थिए ।