प्रवास

बेलाएतको एनआरएन अध्यक्षमा ईतिहास रचीन पुनमले

एजेन्सी । एनआरएन युके बेलाएताके अध्यक्षमा पहिलो महिला अध्यक्ष बनेर पुनम गुरुङले ईतिहास रचेकी छन् । आफ्नो प्रतिस्पर्धि शेरबहादुर सुनारलाई २ सय ३ मत अन्तरले पछारदै पुनमले झ्नै डेढ दशक लामो ईतिहास रचेकि हुन् .।

यस्तै एनआरएनको उपाध्यक्षमा प्रमेम गाहामगर र सुनिलबाबु खड्का, महिला उपाध्यक्षमा रोजिना राई, महासचिवमा फडिन्द्र भट्राई, सचिव जितरानाभाट र कोलेश्वर कृष्ण ढकाल महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका, सह (कोषाध्यक्ष शकुन्तला गुरुङ, युवा संयोजकमा नवीन गुरुङ, महिला संयोजकमा प्रसुना कँडेल निर्वाचित भएका हुन् ।

सदस्यहरुमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा। सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बु, तारामैया गुरुङ र ज्ञानेन्द्रबहादुर आले मगर विजयी भए ।

आइसीसी सदस्यमा लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएका छन् ।

इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दीपक श्रेष्ठ र स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल निर्वाचित भए । वेल्स राज्य परिषदमा अध्यक्ष कृष्णप्रसाद भण्डारी र नर्दन आयरल्याण्ड राज्य परिषद अध्यक्षमा नारायणबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित एनआरएन युके अध्यक्ष गुरुङ नेतृत्वले गत आइतबार शपथ लिएको छ । निर्वाचन समितिका प्रमुख संयोजक डमर घलेले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । शपथ तथा घोषणा सभामा अध्यक्ष पराजित शेरबहादुर सुनार समूह भने सहभागी थिएन ।