समाचार

एनसेल करछली प्रकरमा सरकारको लापरबाहिले नेपाललाई ठुलो नोक्सानीको खतराः अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको गलत कदमका कारण मुलुकलाई ठुलो नोक्सानी हुने गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले यस्तो बताएका हुन् । एनसेल करछली प्रकरमा सरकारको अर्काे लापरबाहिले नेपाललाई ठुलो नोक्सानी हुने खतरा देखिएको बताएका छन् ।

मध्यस्थता सम्बन्धि महासन्धिमा हस्ताक्षर गरेको नेपालले ISCID को पत्रमा वेवास्ता गर्नु र निर्धारित समयमा मध्यस्थकर्ता नियुक्त नगर्नुले सरकारको सरकारको नियत र गैरजिम्मेवारी पनको गम्भिर आशंका खडाभएको ट्वीटरमा उललेख गरेका छन् ।

उनको ट्वीटः एनसेल करछलि प्रकरणमा सरकारको अर्को लापरबाहीले नेपाललाई ठूलो नोक्सानी हुने खतरा देखिएको छ । मध्यस्थता सम्बन्धि महासन्धिमा हस्ताक्षर गरेको देश नेपालले ISCID  पत्रलाई वेवास्ता गर्नु र निर्धारित समयमा मध्यस्थकर्ता नियुक्त नगर्नुले सरकारको नियत र गैरजिम्मेवारीवारे गंभीर आशंका खडाभएको छ ।