खेलकुद

त्रिकोणात्मक सिरिजमा आज नेपाल र जिम्बावे भिड्दै

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी(ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज शुक्रबार टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इन्डियन एसोसियसनको मैदानमा नेपालले साँझ टेष्ट राष्ट्र जिम्बावेको सामना गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल नेपाली समय अनुसार साँझ ५स्१५ मा सुरु हुनेछ ।

जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, युवा खेलाडीले भरिएको जिम्बावेविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । यस सिरिजका लागि नेपालले घोषणा गरेको टिममा ३ नियमित सदस्य छैनन् । तर, टिममा दुई खेलाडीले पहिलोपटक स्थान बनाएका छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् ।

यस पटक घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा छैनन् । यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी पनि टिम बाहिर रहेका छन् । यस्तोमा जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाली टिममा युवा खेलाडीको बाहुल्यता हुनेछ । जिम्बावेविरुद्ध जित निकाल्न नेपाललाई युवा खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । यस सिरिजलाई नेपालले युवा खेलाडीको परिक्षाको रुपमा समेत लिएको छ ।

हालै बंगलादेशमा त्रिकोणात्मक सिरिज खेलेको जिम्बावेका खेलाडी निकै लयमा रहेका छन् । नेपाल भने केहि महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दैछ । बंगलादेशमा फाइनल पुग्न असफल जिम्बावे सिंगापुरमा भने सिरिज जित्ने योजना सहित मैदान उत्रने छन् । तर, नेपालविरुद्ध जिम्बावे पनि शर्तक भएर खेल्नेछ ।

नेपाल र जिम्बावेबीच टी(ट्वान्टी क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । एकदिवसीयमा भने नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गरिसकेको छ । सन् २०१८ को मार्चमा भएको विश्वकप छनोटमा नेपालले जिम्बावेसँग खेलेको थियो । जहाँ नेपालले ११६ रनको हार व्यहोरेको थियो । सिंगापुरमा भने नेपाल त्यस हारको बदला लिने दाउमा हुनेछ ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

नेपाली टोलीः

पारस खड्का कप्तान

दिपेन्द्र सिंह ऐरी उपकप्तान

सोमपाल कामी

करण केसी

विनोद भण्डारी

ललित नारायण राजवंशी

पवन सर्राफ

सन्दीप लामिछाने

अभिनास बोहोरा

कुशल मल्ल

आरिफ शेख

सुशन भारी

ईशान पाण्डे

सन्दीप जोरा

रोहित कुमार पौडेल