राजनीति

कमीकमजोरीलाई सच्याउँदै अगाडी बढे एक नम्बरको पार्टी काँग्रेस नै होः वरिष्ठ नेता पौडेल

लमही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस सच्चिएर अगाडि बढ्नुपर्ने बताएका छन् । जिल्ला कार्यसमिति दाङले आज श्रीगाउँमा आयोजना गरेको कार्यक्रममा उनले कमीकमजोरीबाट पार्टीलाई मुक्त गरी सबै अघि बढ्नुपर्ने बताए ।

काङ्ग्रेस नै अब जनताले भरोसा गर्नुपर्ने पार्टी भएको नेता पौडेलको भनाइ थियो । “अब हामी अल्मलिनु हुँदैन्”, उनले भने । उनले जनताले सरकारको विकल्प खोजेको बताए। “सरकारलाई असफल गराउन काङ्ग्रेस लागेको छैन”, नेता पौडेलले भने ।

जनताले सरकारको विकल्प खोजेको बेला काँग्रेस नेता कार्यकर्ताले गुटबन्दीमा नलागी यो पौडेलको र उ देउवाको नभनी काँग्रेसको मान्छे भन्नेतिर लाग्नुपर्ने उनको धारण छ ।

उनले काँग्रेसले मात्र देश बनाउन सक्ने नेपाली जनताले सोच्न थालिसकेको दाबी समेत गरे।