मनोरञ्जन

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत आफु भन्दा जेठी सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत आफु भन्दा जेठी सार्वजनिक भएको छ । मनोज सिग्देल युरेश को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीत लाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन् ।

मनोज सिग्देल युरेश को लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ। गीतकार सिग्देल र मोडल सम्पदा बानिया लाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो ।

आजकल यस्तै खालेको माहोल छ। सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको मोडल तथा गीतकार मनोज सिग्देल उरेस रहेका छन् ।

सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल बाशु ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ । गीतलाई कलर समिर मियाले गरेका छन् ।

गितको भिडियोः