मनोरञ्जन

स्वेता खड्का भईन् भावुकः भन्छिन्, ‘सुन्दर माझी बस्ती’को सपना चाँडै पुरा हुन्छ

२०७३, माघ १४ गते पहिलो पटक माझी बस्तिमा पाइला टेक्दा त्यहाँका दाजुभाइ तथा दिदी बहिनिहरुको आँखामा म प्रतीको आशा भरोशा र विश्वासलाई पढेको थिएँ । भुकम्पले ढालेका घरहरुलाई उठाउन मद्दत गरिदिने एउटा दरिलो हात र भुकम्पले थलिएर शिथिलभएका आत्माहरुलाई आँट, भरोशा र हिम्मत दिने एउटा अटुट साथको खोजी गरिरहेका स्थानियहरुसंग अंकमाल गरिरँदा म भित्र एउटा भिन्नै इक्ष्याशक्तीको उत्पत्ती भएको थियो । त्यही इच्छाशक्ति अनुरुप मैले स्थानीयहरुको भिडमा माझी बस्तिका ढलेकाघरहरुलाई उठाउने र उहाँहरुको काँधमाकाँध मिलाएर हिंड्ने प्रतिवद्दता जाहेर गरेको थिएँ । साँच्चै, त्यो प्रतिवद्दता जाहेर गरिरहँदा म एक्लो थिएँ र रित्तो थिएँ । पहिलो पटकको त्यो भ्रमण सकेर काठमाडौतिर फर्किरहँदा, मैले बाटोभरी मनमनै एउटा सुन्दर, सफा र शान्त बस्तीको चित्र कोरिरहेको थिएँ ।

माझीटोलका युवाहरुले म प्रती दर्शाएको आशा र भरोशा अनी मलाई दिएको आँट शाहस र हिम्मतले म भित्र उब्जाएको उर्जानै मेरो लागि पहिलो शक्ती बन्यो । त्यसमा पनि आज म एक्ली छैन, म मेरा सहयोगी र शुभचिन्तकहरुको घेरामा घेरिएकी छु । मसंगै पाइला मिलाएर माझीटोल बनाउने यात्रामा साथ दिने धेरै सहयात्रािहरु पाइरहेकी छु । त्यही सहयोग, सहयात्राा र समन्वयको परिणाम स्वरुपनै माझी टोलले बिस्तारै एउटा सुन्दर र स्वर्गिय बस्तिको स्वरुप लिंदैछ ।

त्योबेला मैले मनमनै कोरेको सुन्दर बस्तीको खाकाले यतीखेर साकार रुप लिने क्रममा छ । भुकम्पले कुरुपबनाएको माझी बस्तीमा अहिले एकै आकार, एउटै रङ्ग र एकै प्रकारका ५४ वटा घरहरु मुसुक्क मुस्कुराईरहेका छन् । म, ति घरहरुसंगै स्थानियहरुको ओंठमा मुस्कान खुलेको अनुभुती गरिरहेकीछु ।

नेपाल सरकार लगाएत सिन्धुपाल्चोकका स्थानीय सरकारी निकाय र जननिर्वाचित प्रतीनिधीहरुबाट प्राप्त निरन्तर सहकार्य , संचारकर्मिहरुले लेखिदिने र बोलिदिने मिठा शब्दहरु, निस्वार्थमन लिएर सकेको सहयोग गर्ने मनकारी दाताहरुबाट प्राप्त आर्थिक, भौतिक र नैतिक सहयोग अनि मेरा शुभचिन्तकहरुबाट प्राप्त उत्प्रेरणाहरुकै कारण आज माझी बस्तीका ३२२ जना सदस्यहरुले नयाँ जीवन पाउँदैछन् ।

एकिकृत माझी बस्ति म एक्लैको पेवा पक्कै होइन, यो तपाईं हामी सबैको साझा सम्पत्ती हो । यसको बिकास र संरक्षणमा तपाईं हामी सबैले सकेको देन दिनु हामीसबैको कर्तब्य पनि हो । हामीले आआफ्नो तर्फबाट सानो प्रयास गर्ने हो भुकम्पले लुटेको माझी दाजुभाइ तथा दिदिबहिनीहरुको खुशीलाई फर्काउनमा हामी सफल हुनेछौ । अर्को खुशीमा आफ्नो खुशी देख्नेहरुको हृदयमा मात्र मानवियता बाँचेको हुन्छ । आफ्नै खुशी र सुखको निमित्त मात्रा बाँच्नेहरुको जीवन कहिल्यै सर्थक हुँदैन । आफ्नो जीवनलाई सार्थक बनाउनको लागि पनि समाज र देशको निमित्त सानै भएपनी देन दिनै पर्छ । आफ्नो लागि त जनावर र किरा फट्याङ्ग्रा पनि बाँच्छन् । तर, हामी मानवहौ ! प्रक्रितीको महान स्रुस्टीनै मानव हो, मानविय जीवनको प्रमुख धर्म भनेको सेवानै हो । अतस् यो धर्मलाई आत्मसाथ गर्दै आआफ्नो क्षेत्रबाट हामी सबैले सक्दो देन दिने कार्यमा लाग्नै पर्छ ।

एकिक्रित नमुना माझी बस्ती निर्माणमा मेरो अगुवाईलाई मैले, मेरो धर्म र कर्मको रुपमा लिएकी छु । यो बस्तीलाई सबैको साझा बस्तिको रुपमा बिकास गर्न सबै तह र तप्कासंग समन्वय र सहकार्य गर्ने कोसिस गरेकीछु । सरकारी, गैर्‍हसरकारी संघसंस्था लगायत निजी कम्पनी, बित्तिय संघसंथा र बिभिन्न समाजसेवी अनी बुद्दीजिवीहरु मात्र होइन बिभिन्न राजनैतीक दलका अगुवाहरुसंग पनि माझी बस्तिको परिकल्पना बारे छलफल चलाईरहेकी छु । धार्मिक, लैङ्गिक र राजनैतिक आग्रह र पूर्वाग्रहलाई मैले कदाचीत आत्मसाथ गरेकोछैन ।

यतिखेर, माझी बस्तीका दाजुभाईहरु छिट्टै नयाँ घरमा सर्ने योजना बुनिरहेका छन् । घर त बनिसक्यो तर त्यहाँ चाहिने अन्य आधारभुत पुर्वाधारहरु बनेका छैनन् । घर वरपरका भिरहरुमा रिटेनिङ्ग वाल लगाउनु पर्नेछ । ढुङ्गा छापेको मौलिक बाटोको योजना छ, खुल्ला रंगमन्च सहितको बाल बगैचा, पानीको फोहोरा, स्वास्थ्य चौकी, सामुदायिक भवन, सार्वजनिक धारा लगाएत मुल प्रेवेशद्वार लगाएतका संरचनाहरुको निर्माण गर्ने काम बाँकिनै छन् । यि सबै संरचनाहरुको निर्माणका लागि साँढे ४ करोड लाग्ने अनुमान गरिएको छ । यसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ करोड ३० लाख सहयोग दिने भएको छ भने अन्य नपुग रकमको जोहो गर्नका निमित्त मैले सक्दो अभियानहरु गरिरहेको छु । यि सबै पुर्वाधारहरुको निर्माण पस्चात् यो बस्ती जिल्लाकै नमुना बस्तिको रुपमा बिकास हुनेमा दुइमत छैन । यि सम्पूर्ण पुर्वाधारहरुको ब्यवस्थापन पस्चात् यस बस्तिमा ‘होम स्टे’ संचालन गरी स्थानियहरुलाई आयआम्दानीको स्रोत खुलाउने योजना पनि छ ।

माझी बस्ती बिकास परियोजनामा सार्वजनिक निजी साझेदारीको अवधारणालाई आत्मसाथ गर्दै घर निर्माणको कार्यमा स्थानीयहरुको लगानीलाई पनि अनिवार्य गरे बमोजिम माझी बस्तिका परिवारले लक्ष्मी बैकबाट रिण लिएका छन । त्यो रिणको बोझलाई कम गराउने कार्यमा पनि मैले केही मेहनत गर्नु पर्नेछ ।

अबका केही महिनामै यो बस्तीमा सपूर्ण संरचनाहरुको निर्माण गरी दुलही झै सिंगार्ने हाम्रो योजना छ । यो योजनालाई साकार पार्न म, मेरा सहयोगी हातहरुको खोजिमा हिँडिनै रहेकी छु । मेरा पाइलाहरु निरन्तर अग्रसर भईरहेका छन्, हातहरु अझै सकृय भएका छन् , सुन्दर बस्ती निर्माण गर्ने माझिहरुसंगै मैले पनि देखेको सपना अन्ततः साकार हुने बिन्दुमा आईपुग्न लाग्दा आँखाहरु झन बेचैन भएका छन् , मन मस्तिस्क र तन्तुहरु झनझनै उर्जावान भएको महसुस गरेकी छु । अतः जबसम्म माझी बस्ती बन्दैन, मलाई मिठो निन्द्रा लाग्ने छैन । म लगाएत ५३ घर माझी परिवारको खुल्ला आँखाहरुले ‘सुन्दर माझी बस्ती’को स्वप्निल द्रुश्य देखिरहेका छौ, जुन सपना चाँडै पुरा हुँदैछ । आउनुस् हाम्रो यो सपनालाई तपाईंको पनि सपना बनाऔं र यस्लाई साकार बनाउने अभियानमा सहभागी बनौ ।

स्वेताको फेसबुकबाट