खेलकुद

अण्डर–१६ फुटबल टिम स्वदेश आईपुग्यो

काठमाडौं । जोर्डनमा सम्पन्न एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली अण्डर – १६ फुटबल टिम स्वदेश फर्किएका छन् ।

छनोटमा चौंथो भएको नेपाली टिम मंगलबार साँझ नेपाल आइपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

छनोटमा नेपालले श्रीलंकालाई मात्र हराएको थियो । आइतबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३(० गोल अन्तरले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १–१ को बराबरी खेलेको थियो ।

तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित भएको थियो । समूह ए मा रहेको नेपालले ४ खेलबाट ४ अंक जोडेको थियो । प्रतियोगिताबाट ताजिकिस्तान च्याम्पियनसिपका लागि छनोट भएको थियो ।