समाचार

डा कोईरालालाई नुवाकोटमा आतिथ्यता गर्नपाउनु नुवाकोट काँग्रेसको शौभाग्यः सभापति केसी

काठमाण्डौ । नेपाली काँग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले राष्ट्रपति बिद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवाको कुरा बुझिन भनेर गलत गरेको बताएका छन् । राष्ट्रपति भण्डारीले सभापति देउवाको कुरा नबुझ्ने भन्नु केपी ओलीको भाषा बुझ्नु भन्ने कुरा आफूहरुले बुझेको बताएका छन् ।

नेता केसीले दुरसंचारमा १८ अर्ब खर्च गर्ने त्यसमा १२ अर्ब भ्रष्टाचार गर्ने, नेकपाको महासचिव विष्णु पौडेलको छोराको नाममा वालुवाटारको आठ आना आउने, वाईडबडी काण्डमा ६ अर्ब भ्रष्टाचार गरेको संसदीय छानबिन समितिले नै टुंगो लगाउदा संबन्धीत निकाय मौन देखिने, काँग्रेस सभापतिले आफूले गलत गरेको भएपनि कारबाही गर्नु भनेको सम्झदै ३३ किलो सुनकाण्ड सेलदाउनु, १८ किलो सुन पक्राउ गरी तामा बुझाईयो यस्ता घटना हेर्दा मुलुक गम्भीर अवस्थामा पुगेको दाबी गरेका छन् ।

उनले नुवाकोट जिल्लाका पार्टीको कृयाशील केन्द्रले रोकेको कुरामा आफूहरुले अनशन बस्ने बताउँदै कसैले मलाई नसोधी कृयाशील नपठाउनु भन्ने कुरा आफूले सुनेकोमा बिधान अनुसार पठाईएक कृयाशील नरोक्न आग्रह गरेका छन् । नेता केसीले नुवाकोटमा डा कोईराला जस्तो नेतालाई भित्र्याउन पाउनु नुवाकोट काँग्रेसको लागि शौभाग्यको कुरा भएको बताएका थिए ।