राजनीति

आज यसरी हुंदैछ समापन काँग्रेस जागरण अभियानको ७७ वटै जिल्लाबाट !

काठमाण्डौ । नेपाली काँग्रेसको २४ भाद्रबाट शुरु भएको वीपी कोईरालाको जन्मजयन्तीको अवशरमा शुरुभएको राष्ट्रिय जनजागरण कार्यक्रम आज ७ गते असोजमा समापन हुंदैछ ।

उक्त कार्यक्रम समापनका लागि पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईराला लगायतका देखी तल्लो तहका नेताहरु ७७ वटै जिल्लामा खटिएका छन् । डा शेखर कोईराला नुवाकोट, महेश आचार्य कास्की, गगन थापा खोटाङ, भक्तपुरमा उपसभापति विजय कुमार गच्छदार लगायतका नेताहरु कार्यक्रममा देशभर खटिएका छन् ।

देशभर बिभिन्न कार्यक्रम गर्दै दोस्रो चरणको अभियान समाप्त भएको पार्टीले १० गते समिक्षा गर्नेगरी केन्द्रीय समिति बैंठक समेत राख्दैछ ।