साहित्य

राष्ट्रकवि धिमिरे १ सय १ वर्षमाः जन्मदिनको अबरसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे आजदेखी १ सय १ वर्षमा प्रवेश गरेका छन् । राष्ट्रकवि घिमिरेको १०१औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका हुन् । “नेपाली वाङ्मयले अझै लामो समय उनको साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ ।

हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।