मनोरञ्जन

माया गुरुङ र बब्बु थापाको ‘याद आउँछ बेसरी’ सार्वजनिक

काठमाडौं । गाएक बब्बु थापा र माया गुरुङको ‘याद आउँछ बेसरी’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । ‘याद आउँछ बेसरी’ गीतलाई कौडा किङको उपाधि पाएका गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेका छन् ।

गीतको शब्दलाई गणेश गुरुङले लेखेका हुन् भने संगीत गायिका माया गुरुङले भरेकी हुन् । गीतलाई संगीत संयोजनमा अब्बल कृष्ण बिकले संगीत संयोजन गरेका छन् । मारुनी डिजिटलमा रेकर्डिङ गरिएको ‘याद आउँछ बेसरी’ गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् ।

पछिल्लो समय निकै ब्यस्त बन्दै आएका युवा निर्देशक मौसम हिमालीको निर्देनमा ‘याद आउँछ बेसरी’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ ।

गीतमा कुनै समय नृत्य क्षेत्रमा एकछत्र राज गर्न सफल र पछिल्लो समय अमेरीकाबाट पर्किएका मोडल तथा कोरियोग्राफ बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङ र साथीहरुको नृत्य तथा अभिनय रहेको छ ।
यस गीतको म्युजिक भिडियोलाई प्रकाश खड्को छाँयाकन गरेका हुन् भने कलर तथा सम्पादन मनेज कार्कीले गरेका हुन् ।

यस्तो बन्यो गितको भिडियोः