समाचार

अध्यक्ष बस्नेतको निर्देशनः ओली सरकारको भ्रष्टाचार/महंगीका विरुद्धको कार्यक्रममा सशक्त हुनुस्

काठमाण्डौ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले ७७ वटै जिल्ला, ७५३ स्थानीय तह, सातै प्रदेश तथा वडावडामा काँग्रेसको दास्रो जागरण अभियानअन्तर्गत खटिएका तरुणहरुलाई धन्यबाद दिँदै आज ७ गतेको सापन कार्यक्रम सफल पार्न भ्रष्ट र लुटेरा सरकारका बिरुद्ध उत्रन सशक्त भुमका खेल्न निर्देशन दिएका छन् । भदौ २४ गते शुरु भएको बीवी जयन्तीको अवशर पारेर शुरु गरिएको नेपाली कांग्रेस जिल्ला समितीहरुको भ्रष्टाचार, महंगी र अधिनायकवाद विरुद्धको बिरोध प्रदर्शन कार्यक्रममा सशक्त भुमिका खेल्न अध्यक्ष बस्नेतले देशभरका तरुणलाई निर्देशन दिएका हुन् । आज उक्त जनजागरण अभियान कार्यक्रम समापन हुँदैछ । 

उनले भनेका छन्, ‘नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराइ-मधेस’ दोश्रो जनजागरण अभियानू लाई ७७ वटै जिल्ला,  नगर, क्षेत्र, गाउँ र वडा वडामा उल्लासमय तवरले सफलता पुर्बक सम्पन्न गर्न आहोरात्र खटिनु भएका उर्जाबान जुझारु तरुण साथीहरू लाई नेपाल तरुण दल केन्द्रीय समिती र मेरो ब्यक्तिगत तर्फबाट विशेष धन्यवाद दिन चाहान्छु। साथै आज असोज ७ गते हुन गइरहेको नेपाली कांग्रेस जिल्ला समितीहरुको भ्रष्टाचार, मह्ङ्ही र अधिनायकवाद विरुद्धको बिरोध कार्यक्रममा सशक्त रुपमा प्रस्तुत भै लुटेरा र भ्रष्ट सरकारलाई खबरदारी गर्ने तरुण दायित्व पुर्ण रुपले निर्बाह गर्नु होला ।
जय नेपाल, जय तरुण’