खेलकुद

मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी द बेष्टु घोषित

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी द बेष्टु घोषित भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान मेस्सीलाई द बेष्ट अवार्ड प्रदान गरेको हो । अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भान डाइकलाई पछि बनाए ।

महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् । फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जिते । महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।

वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते ।

फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।