राजनीति

स्वर्गीय हुनुभएका ब्यक्तीत्वका नाममा राज्यको करोडौं रकम दुरुपयोग गर्नु गलतः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता धनराज गुरुङले सरकारी ढुकुटीबाट स्वर्गीय नेताका नाममा स्तापना गरिएका प्रतिष्ठानहरुले करोडौं रुपैयाा ठगेकोमा आपत्ती जनाएका छन् । स्वर्गबास भईसकेका नेताका नाममा गरीब जनता ठगीनु दुर्भाग्य भएको भन्दै चिन्ता बयक्त गरेका छन् । नेपालमा वीपी कोईराला, मदन भण्डारी, मनमोहन अधिकारी, साहना प्रधान, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, गणेशमान सिंह, चारसहिद, टंकप्रसाद आचार्य लगायत सयौं देशका मूर्धन्य ब्यक्तीत्वका नाममा प्रतिष्ठान स्थापना भएका छन्, कतिपय प्रतिष्ठानले करोडौं रुपैंया राजयबाट सहयोग लिने र कार्यकर्ता तथा आफन्तलाई जागिर खुवाउने अनि राज्यको ढुकुटी दुरुपयोग गर्ने कार्य गरिरहेका छन्, नेता गुरुङले तीनै प्रतिष्ठान तथा संस्थाहरुलाई ब्यंग्यात्मक रुपमा बिरोध जनाएका छन् । उनले त्यस्तो नहुनुपर्ने साँकेतिक धारणा समेत राखेका हुन् ।

उनले भनेका छन्,

‘गरीब जनताले तिरेको करबाट जम्मा भएको राज्यको ढुकुटीबाट स्वर्गीय नेताहरुको नाममा स्थापना गरिएका प्रतिष्ठानरफाउन्डेशनहरुलाई करोडौं बितरण गर्ने कस्तो प्रबृत्ति हो ? स्वर्गबास भइसक्नु भएका श्रदेय नेताहरुको नाममा समेत गरीब जनता ठगिने, कठै मेरो देश।’