राजनीति

ओली नेतृत्वको दुई तिहाई सरकारले सिन्को पनि भाँचेनः वरिष्ठनेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली नेतृत्वको दुई तिहाईको सरकारले मुलुकमा सोचेजस्तो केहिपनि काम गर्नै नसकेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले दुई तिहाईको ताकतले देशमा ठुलो फड्को मार्ने आशा जनतामा रहेपनि सिन्को पनि भाँच्न नसकेको उल्लेख गरेका छन् ।  देशको समृद्धिको यात्रालाई अघि वढाउनु पर्नेमा त्यसो नभएको उनले बताए ।

उनले ओली नेतृत्वको सरकारले मुलुकका न कुनै उद्योग सञ्चालन गर्न नै सकेको न कुनै नयाँ योजनाको शिलान्या गर्न नै सकेको टिप्पणी गरेका छन् । साथै उनले आफनो पार्टी कांग्रेसको पालाका योजनालाई उद्घाटन गरेर मञ्चबाट आफुहरुलाई गालीमात्र गरेको बताएका छन् ।

उनको ट्वीटः दुई तिहाईको ताकतले देशमा ठुलो विकासको फड्को मार्ने आशा थियो र देशको समृद्धिको यात्रालाई अगाडी बढाउनु पर्ने थियो, तर देशमा न कुनै उद्योग खुल्न सकेको छ, न कुनै नयाँ योजना शिलान्यास गर्न सकेको छ १ केवल हामीले बनाएका योजनाहरु उद्घाटन गरेर त्यही मञ्चबाट हामीलाईनै गाली गर्न पाएका छन्।