बाग्मती

एमालेबाट निर्बाचित वडा अध्यक्षको निधन

भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको शनिबार बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।

गुरूङ क्यान्सर रोगबाट पीडित हुनुहन्थ्यो । उहाँ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी हुनुभएको थियो । उहाँका एक श्रीमती र तीन छोरा छन् । दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिए ।